
काठमाडौं बैशाख ११ । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरु मध्ये ९ जनालाई निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भए सँगै नेपालमा बिहिबार ४७ जना पुगेको हो ।

