पोखराबाट धादिङ आउने वातावरण बनाउन माग

Avatar photo
Dhadingpost
बैशाख ११, २०७७

धादिङ बैशाख ११ । पोखरामा रहेका धादिङबासीहरुले घर फर्कन लागि बसको व्यवस्था गरि दिन माग गरेका छन् ।

काठमाडौंमा रहेका धादिङबासीहरुलाई सांसद जगत सिंखडा, रमेश धमला र ग्रामिण यातायातले घर आउन बसको व्यवास्था गरेको समाचारहरु सार्वजनिक भए सँगै पोखरामा रहेका धादिङबासीले समेत पोखराबाट पनि आउने व्यवस्था गरिदिन माग गरेका हुन् ।

हामी साह्रै अफ्ठ्यारोमा छौं, आफ्नै घर आउन चाहान्छौं तर बसको पास भएन, काठमाडौंबाट घर ल्याउन पहल गरेको देखियो, पोखराबाट हामीलाई पनि धादिङ आउने व्यवस्था गरिदिन उनीहरुले माग गरेका हुन् ।

धादिङपोष्ट सँग कुरा गर्दै पोखराबाट अतित तामाङ भन्छन्, हामी २७ जनाको एक ग्रुप बनेर धादिङ जाने योजनामा बसेका छौं । यस्तै ग्रुप अरुपनि छन्, त्यसैले धादिङका सरोकारवाल निकायहरुलाई पोखराबाट हामीलाई आफ्नै घर आउन बसको व्यवस्था गरिदिन अपिल गर्दछौं ।

x