
धादिङ बैशाख ११ । नेपाली काँग्रेस धादिङको सभापति रमेश धमलाले लकडाउनका कारण काठमाडौमा रोकिएका मानिसहरु ल्याउन ६ वटा बसको व्यवस्था गरेका छन् ।
मण्डली यातायत धादिङ प्राईभेट लिमिटेको ६ वटा बसमा धमलाले बिहिबार काठमाडौमा रोकिएका मजदुर तथा असाह्यहरुलाई ल्याउने तयारी भएको मण्डली यातायतका अध्यक्ष शरद अधिकारीले धादिङपोष्टलाई बताए ।
अध्यक्ष अधिकारीका अनुसार बसको पासका लागि काँग्रेस धादिङका सभापति रमेश धमलाले महत्वपूर्ण भुमिका खेल्नु भयो, अब काठमाडौबाट धादिङ जान रोकिएकाहलाई लैजाने तयारी भैरहेको सबै बसहरु काठमाडौको माछा पोखरीबाट साँझ ६ बजे एक साथ छुट्ने छ ।
भाडा लाग्दैन, माक्स निशुल्क छ, सामाजिक दुरीको नियम पालना गरिने हुँदा त्यहि अनुसार बसमा बसिदिन समेत अध्यक्ष अधिकारीले यात्रुहरुलाई आग्रह गरिएको बताए ।
बसमा प्रवेस गर्नु पूर्व थर्मल गनबाट स्वस्थ्यकर्मीले ज्वरो नाप्ने छन् त्यस पनि निःशुल्क रुपमा रहेको सेनिटारईजर र माक्स लगाएर मात्र बसभित्र बसिदिन समेत उनले आग्रह गरेकाछन् ।

