
धादिङ बैशाख १० । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकी र प्रहरी चौकीलाई थर्मल गन र व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरेको छ ।
कोरोना भाईरसको संक्रमण रोकथाम र उपचारमा विशेष जोड दिई रहेको बेनिघाट रोराङले ४ वटा स्वाथ्य चौकी र ३ वटा प्रहरी चौकीलाई थर्मल गन र पीपीई वितरण गरेको हो ।
प्रहरी चौकीहरु जोगिमारा, ताल्ती, इलाका प्रहरी कार्यालय बेनीघाटलाई, स्वास्थ्य चौकीहरु जोगिमारा, धुषा, बेनीघाट र महादेवस्थानलाई १-१ वटा थर्मल गन र २-२ थान पीपीई प्रदान गरिएको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।
यस गाउँपालिकाले पहिलो चरणमा मजदुर गरिव तथा विपन्न २ हजार ८९२ परिवारलाई राहात वितरण गरि सकेको छ ।
पहिलो चरणको राहात वितरणको वडागत संख्या
१. बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा १५० परिवार
२. बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ मा ५०० परिवार
३. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ मा ४०० परिवार
४. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ४ मा २५० परिवार
५. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ५ मा २९१ परिवार
६. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ मा १८१ परिवार
७. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ मा २०३ परिवार
८. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ मा २२० परिवार
९. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ मा २२५ परिवार
१०. बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० मा ४७२ परिवार

