बेनीघाटमा पैदल यात्रुलाई खानाको व्यवस्था

Avatar photo
Dhadingpost
बैशाख १०, २०७७

धादिङ बैशाख १० । धादिङको बेनीघाट बजारमा विभिन्न जिल्ला (घर) हिडेका १२५ जना पैदल यात्रीलाई खाना खुवाईएको छ ।

सुर्खेत, जाजरकोट, कालिकोट, डोल्पा लगायतका जिल्लाका १२५ जना पैदल यात्रीलाई बेनीघाट रोराङ गाउँपालिका, कारू ट्रष्ट, स्थानीय प्रहरी र स्थानीय समाजसेवीको सक्रियतामा खाना खुवाईएको हो ।

पैद यात्रामा रहेको उनीहरुलाई खाना खुवाएर एक रातसुरक्षित बास बसाएर यातयातको बन्दवस्त गरि पठाएको स्थानिय दिपेश कडेलले बताए । फोटोः विमोचन सिलवाल

x