खतिवडा दम्पती सुत्केरीलाई नगद र खाद्य वितरणमा व्यस्त

Avatar photo
Dhadingpost
बैशाख ८, २०७७

धादिङ बैशाख ८ । धादिङ खाल्टेका युवराज खतिवडा र उनको श्रीमती भगवती खतिवडाले धादिङ घरभई पोखरामा रहेका र मजदुरी गर्दै आएका तीन सय तीस भन्दा बढी सुत्केरी महिलालाई नगद सहित खाद्यान्न सामाग्री वितरण गरि सकेका छन् ।

पोखरामा व्यवसाय गर्दै आएका खतिवडा दम्पतीले पोखरामा रहँदै आएका धादिङबासीहरु कोही भोको नराख्ने अभियान संचालन गरि रहेका छन्, उनले आईतबार सम्म सम्पर्कको आधारमा तीन सय तीस सुत्केरी महिलाहरुको डेरामा नै पुगेर प्रति व्यत्ति नगद एक हजार र एकबोरा चामल, दाल लगायतका खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।

खाद्यान्नको अभाव सृजना भए ९८५६०२९११३ कल गर्न आग्रह गरेका खतिवडाले फोन मार्फत नाम टिप्ने र दिनभर खाद्यान्न र नगद पुर्याउने गर्दै आएका छन् ।

सुत्केरी महिलाहरुको लागि विशेष सहयोग कार्यक्रम आफ्नो श्रीमती भगवतीको योजना रहेको बताउने युवराजले अझै रुबीभ्यालीबाट आएर पोखरा बसेका २० २२ जना सुत्केरी महिलाहरुले नाम टिपाएका छन् उनीहरुकोमा आईतबार भ्याईएन नगद र खाद्यान्न सहित सोमबार पुग्ने बताए ।

खतिवडा दम्पतीले साना व्यवसायीहरुलाई चैत्र महिनाको ६० लाख सटरभाडा छुट गरेसँगै मजदुर, असाह्यहरुलाई खाद्यान्न र सुत्केरी महिलालाई खाद्यान्नको साथमा नगद समेत वितरण गर्दै आएका हुन् ।

पोखरा सस्तो बजार, सिद्धार्थचोकको फेवा एग्रीकल्चर प्रालि र वाईयुके कन्स्ट्रक्सन एण्ड सप्लायर्स संचालन गरि रहेका यी खतिवडा दम्पतीको समाज सेवाको यात्रा निकै लामो छ ।

x