
धादिङ बैशाख ७ । बेनीघाट रोराङ गाउँपालिका वडा नं ४ खहरे जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा ज्वालामुखी गाउँपालिका १ की अन्दाजी २४ वर्षिय सरु बसेलको मृत्यू भएको प्रहरीले जनाएको छ । उनी माईत जाँदै थिईन् , लकडाउनको समयमा ज्वालामुखि देखि मलेखु सम्म कसरी पुगिन भन्ने चाहि खुल्न सकेको छैन ।
उक्त दुर्घटनामा घाईते भएका अन्य ८ जनालाई ३ वटा एम्बुलेन्सबाट अस्पताल पठाईएको स्थानिय आशिष आचार्यले धादिङपोष्टलाई बताए ।
मलेखुबाट तरकारी बेच्न आएका किसानहरुलाई लिएर बेनिघाट रोराङ गाउँपालिका ४ खहरे जाँदै गरेको बा १ ख ८६३६ नम्बरको उक्त बोलेरो जीप आईतबार दिउँसो पौन ४ बजे सडकबाट अन्दाजी ७ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाईते हुनेहरु: बेनिघाट रोराङ वडा नम्बर ४ का २८ वर्षिया मञ्जु गुरुङ, १३ वर्षिया ऋतु बसेल, १३ वर्षिया अन्जना बसेल, १५ वर्षिया सुस्मा बसेल,१५ वर्षिया सपना गुरुङ,३५ वर्षिया सूतली गुरुङ, १५ वर्षिया सुजता बसेल, ११ वर्षिया दिलशा रम्तेल रहेका छन् ।
घाईतेहरु मध्ये १३ वर्षिया ऋतु बसेललाई उपचारको लागि काठमाण्डौं ट्रमा सेन्टर लगिएको

