
धादिङ बैशाख ७ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका अन्तरगत खहरे, अचनेटारका केशव अधिकारीले कोरोना भाईरस रोकथाम तथा उपचारका लागि नेपाल सरकारलाई ७ लाख सहयोग गरेका छन् ।
विगत २२ वर्ष देखि जापानमा होटल व्यवसाय गर्दै आएका अचनेटारका अधिकारीले गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति मार्फत उक्त रकम नेपाल सरकारलाई सहयोग गरेका हुन् ।
मेरो देश नेपाल हो, यो अवस्थामा आफुले सकेको सहयोग गरिएन भने के नेपाली भनेर गर्व गर्नु, जति कमाए पनि आखिर मरेर जाँदा लानु के छर, स्थानीय स्तरमा होस् या, संघ-संस्था मार्फत नियमित रुपमा कमाएको केहि हिस्सा नेपालमा सहयोग गर्दै आएको छु । अहिले कोरोना भाईसरका कारण व्यवसायमा मासिक साढे दुई करोड घाटा वेहोरी रहेको छु तर पनि नेपालमा सहयोग गर्न पाउँदा साह्रै आनन्द आउँछ अधिकारीले धादिङपोष्ट सँगको कुराकानीमा बताए ।

