
धादिङ बैशाख ७ । समाजसेवीको रुपमा आफ्नो परिचय बनाई सकेका धादिङघर भई पोखरामा उद्यम गरि रहेका युवराज खतिवडाले लकडाउनका कारण खाद्य संकटमा रहेका मजदुरहरुलाई सहयोग गर्दै आई रकेका छन् ।
६० लाख भन्दा बढी सटर भाडा छुट गरे सँगै यो विपत्तिमा चर्चामा आएका खतिवडाले धादिङबाट पोखरा गई बसोबास गरि रहेका र लकडाउनले पोखरामा रोकीएकालाई खाद्यान्न संकट नपरोस भनेर उनले राहात प्याकेज नै बनाएर बसेका छन् ।
भुकम्पको बेलामा धादिङमा सहयोगको ठुलो योगदान गरेका खतिवडा अहिले भने पोखरामात्र केन्द्रित छ । आफ्ना एकहजार भन्दा बढी मजदुर र पोखरामा रहेका धादिङबासीहरुको तर्फ उनको ध्यान केन्द्रित भएको देखिन्छ ।
उनले आईतबार बिहानै आफ्नो फेसबुकमा धादिङ समाज पोखरालाई पनि घचघच्याएका छन् भने हिजो भिड जम्मा परेर भोजभतेर गर्ने संघ संस्थाहरुलाई समेत विपत्तिमा कता हराए भनेर प्रश्न गरेका छन् ।
फेसबुकमा पोष्ट गर्दै खतिवडा भन्दछन्- आज मलाई एउटा कुरा भन्न मन लागेर आयो । धादिङबाट पोखरा आई सामाजिक अगुवा हुँ भन्ने मित्रहरुलाई हिजो प्रतिशपर्धा गरेर तिजको दर खुवाउने कार्यक्रममा हाम्रो पार्टीको कति हजार, तिम्रो पार्टीको कति हजार छ भन्ने र खसीको मासु भात खुवाउनेहरु बिपत मा कता छन् ?
कसको पार्टीको प्रमुख अतिथि ठुलो भन्नेहरू आज कसले कति भोका मजदुरलाई कति सहयोग गरे त । अर्को सुझाव धादिङ पोखरा सम्पर्क समाजका अध्यक्ष ज्यू, समाजको कोषमा भएको रकमबाट विपत्तिमा परेका धादिङबासी गरिब मजदुरहरुलाई राहत दिन कसले रोक्छ र ?
कि मनमा आएन यो बेलामा मनमा नआए कहिले आउछ ? अब नसोच्नोस यो सोच्ने बेला होइन गर्ने बेला हो होईनर ?

