
धादिङ बैशाख ६ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले लकडाउका कारण मारमा परेका असाह्य, गरिव विपन्न र मजदुरहरुलाई पहिलो चरणको खाद्यान्न राहात सामाग्री वितरण कार्य सम्पन्न गरेको छ ।
धादिङ जिल्लामा अन्य नगरपालिका र गाउँपालिकाको तुलनामा धेरै संख्यामा राहात वितरण गरेको बेनीघाट रोराङमा पहिलो चरणको राहात लिनेमा २ हजार ८९२ परिवार रहेका छन् ।
यस गाउँपालिकामा सबै भन्दा बढी राहात वितरण वडा नं. २ मा ५०० परिवार रहेको छ भने सबै भन्दा कम वडा नं. १ मा १५० परिवार रहेको गाउँपालिकाका सूचना अधिकारी परशुराम घिमिरेले धादिङपोष्टलाई बताए ।
पहिलो चरणको राहात वितरणको वडागत संख्या
१. बेनीघाट रोराङ गाउँपालिका वडा नं. १ मा १५० परिवार
२. बेनीघाट रोराङ गाउँपालिका वडा नं. २ मा ५०० परिवार
३. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ३ मा ४०० परिवार
४. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ४ मा २५० परिवार
५. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ५ मा २९१ परिवार
६. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ६ मा १८१ परिवार
७. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ मा २०३ परिवार
८. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ८ मा २२० परिवार
९. बेनीघाट रोराङ गाउँपालिका वडा नं. ९ मा २२५ परिवार
१०. बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० मा ४७२ परिवार

