
निर्मल नारायण
धादिङ बैशाख ६ । दिन होस्, या रात धादिङको पृथ्वी राजमार्गमा विभिन्न जिल्लाकाबाट मजदुरी गर्न आएका मजदुरहरुलाई खाद्यान्न संकट भए सँगै घर फर्कि रहेका छन् ।
लामो दुरीका सावारी साधन गुड्ने यस राजमार्गमा अहिले, लामो दुरी पार गर्न पैदल यात्रीहरुको लाईन देखिन्छ । यो अवस्थामा पैदल यात्रीहरुलाई केहि राहात होस् भनेर धादिङ बेनीघाट रोराङ गाउँपालिका स्थित मलेखु र चरौंदीका स्थानीयहरुले खाजाको व्यवस्था गर्ने गरेका छन् ।
मलेखुका स्थानीयहरुले शुक्रबार मात्र २५० जना पैदल यात्री तथा ट्रकमा काठमाडौबाट फर्केका यात्रुलाई खाजा खुवाएर पठाएका थिए । खाजामा चाउचाउ, पानी, चिउरा, बिस्कुट र काक्रो व्यवस्था गरिएको थियो ।
सन्जिब त्रिपाठीले बिस्कुट अन्य स्थानीयले एक दुई बाकस पानी, चिउरा भुजा र दालमोठ अन्य सहयोग श्रवण त्रीपाठीले गरेका थिए । मलेखु पेट्रोल पम्पका स्थानीय कोही खाजा तयारी गर्न व्यस्थ थिए, भने कोही खाजा बाड्दै त कोही मजुरहरुलाई बोलाउन बस्त देखिन्थे ।

यस्तै चरौनी बजारमा पनि स्थानीयहरुले पानी सहितको तयारी खाजा सेट पैदल यात्रीलाई प्रदान गर्दै आएका छन् ।

