
धादिङ बैशाख ५ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले संचालनमा ल्याएको विपद कोषमा बैशाख ४ गते सम्म सहयोग गर्नेहरुको नाम सार्वजनिक गरिएको छ ।
कोरोना भाइरसको रोकथाम तथा राहत वितरणको लागि प्रभु विकास बैंकमा १०६००२००९४६३६३०००००८ नम्बरको विपद कोष खाता संचालनमा ल्याएको बेनीघाट रोराङले बिहिबार सम्म खातामा सहयोग गर्नेको नाम सार्वजनिक गरेको हो ।
कोषमा गाउँपालिकाले ८५ लाख, ह्वासिन सिमेन्टले ५ लाख, प्रभु विकास बैंक बेनीघाट शाखाले १ लाख, साना किसान कृषि कृषि सहकारी संस्था धुषाले ५० हजार सहयोग गरेका छन् ।
यस्तै बेनिघाटका स्थानिय क्लव, प्रतिष्ठान, व्यक्तिहरुले समेत सहयोग गरेको नामावली सार्वजनिक गर्दै गाउँपालिकाले आफुले सकेको सहयोग गाउँपालिकाको विपदकोषमा जम्म गरिदिन समेत अपिल गरेको छ ।
अहिले सम्मको प्राप्त सहयोग


