र्‍यापिड टेस्टमा पाेजेटिभ देखिएका धादिङका एक युवामा पीसीआर टेस्टमा नेगेटिभ देखियाे

Avatar photo
Dhadingpost
बैशाख ५, २०७७

धादिङ बैशाख ५ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको कोरोना भाईरसको द्रुत जाँच प्रविधि र्‍यापिड टेष्ट गर्दा पोजेटिभ भेटिएका एक युवकमा पीसीआर परिक्षणमा नेगेटिभ देखिएकाे छ ।

दक्षिण कोरियाबाट फागुन २० गते घर फर्किए उनी घरमा नै बस्दै आएका थिए । विदेशबाट आएका ३५ जनामा गाउँपालिकाले गरेको आरडिटी परिक्षण उनको रिपोर्ट पोजेटिभ आएको हो ।

आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएका ती २७ वर्षिय युवाकाे स्वाब परिक्षण गर्दा नेगेटिभ देखिएकाे जिल्ला प्रशासन कार्यालय धादिङले जनाएकाे छ ।

x