मौवाखोलामा पैदल यात्री मजदुरहरु अलपत्र

Avatar photo
Dhadingpost
बैशाख ४, २०७७

धादिङ बैशाख ४ । घर हिडेका विभिन्न जिल्लाका सय जना भन्दा बढी मजदुरहरु धादिङ र चितवनको सिमाना बेनिघाट रोराङ गाउँँपालिका धादिङको मौवाखोलामा अलपत्र परेका छन् ।

काठमाडौं र धादिङका विभिन्न स्थानबाट घर हिडेका मजदुरहरुलाई मौवाखोलामा चितवन प्रहरीले रोकेपछि अलपत्र परेका हुन् ।

स्थानिय मौवाखोलाका स्थानीयहरुले पैदलयात्री मदजुरहरुलाई चितवन प्रशासनले रोकेकोमा विरोगर्दै चितवनबाट धादिङ प्रवेष गर्ने कुनै पनि सवारी साधनहरु प्रवेस गर्न नदिएपछि स्थानिय र प्रहरी बीच सामान्य झडप समेत भएको थियो ।

झडप पछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरु र स्थानीय तहका प्रमुखहरु समेतको उपस्थितिमा मौवाखोलामा वैठक बसेको थियो ।
तर लकडाउनको समयमा पैदलयात्रीलाई चितवन प्रवेस गर्न दिन नसकिने चितवनका प्रमुख जिल्ला अधिकारीले अडान राखेपछि बैठक विना निस्कर्ष टुङ्गिएको स्थानीय विनोद शाहले बताए ।

पैदलयात्री मजदुरहरुलाई अलपत्र पार्न नहुने बताउँदै बेनीघाट रोराङका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले प्रदेश सरकार र संघीय सरकारले घर जान हिडेका मजुदरको यात्रालाई सहजिकरण आव्हान समेत गरेका छन् ।

उनले मजदुरहरुलाई मौवाखोलामै रोकियो भने सुरक्षित स्थानमा लगेर राखिने समेत बताए ।

x