धादिङको मौवा खोलामा, घर हिडेका पैदल यात्री रोकिएपछि झडप (फोटो फिचर)

Avatar photo
Dhadingpost
बैशाख ४, २०७७

धादिङ बैशाख ४ । धादिङ र चितवनको सिमाना मौवाखालामा विभिन्न जिल्लामा घर भएका पैदल यात्रुलाई रोकेपछि झडप भएको छ ।

जिल्ला प्रसाशन धादिङले धादिङ पटिको सिमानामा मौवाखोलामा र चितवन प्रशासनले चितवन पटि पैदलयात्रीलाई रोकेपछि मौवाखोलाबासीले मौवाखोलामा संक्रमणको जोखिम बढ्न सक्ने भएको भन्दै विरोध गरेपछि झडप भएको हो ।

हिडेरै आफ्नो घर जाने भनेर हिडेका विभिन्न जिल्लाका पैदलयात्री मजदुरहरुलाई प्रहरीले मौवाखोलामा रोकेपछि त्यसको विरोधमा स्थानियहरुले अत्यावश्य सवारी साधनलाई समेत रोकेर विरोध जनाएपछि झडप भएको घटना स्थलबाट विनोद शाहले धादिङपोष्टलाई बताए ।

अहिले मौवाखालामा भएको समस्य समाधानका लागि धादिङ र चितवनका प्रमुख जिल्ला अधिकारी सहितको उच्च स्तरीय बैठक समेत मौवाखोलामा बसि रहेको शाहाले जानकारी दिएका छन् ।

पैदल यात्रीलाई मौवाखोला बजारमा र चितवपटिको भुगोलमा सकेत बस्न नदिएपछि पुलमाथि बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै काठमाडौ सँग जोडिएको धुनीबेसी नगरपालिका पिपलामोड देखि चितवन जोडिएको बेनिघाट रोराङको मौवाखाला सम्म पास नभएका सवारी साधन र पैदल यात्रा गर्न समेत रोक लगाएको थियो ।

x