बसेरीका भानुको आफ्नो गाउँलाई सहयोग

Avatar photo
Dhadingpost
बैशाख ३, २०७७

धादिङ बैशाख ३ । धादिङ गंगाजमुना गाउँपालिका बसेरीका भानु ढकालले आफ्नो गाउँका लागि स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरेका छन् ।

ढकालले कोरोना भाईरस रोकथामका लागि आफ्नो गाउँ धादिङ बेसरीका लागि ५ थान पीपीई, ४ थान ओक्सिजन सहितको सिलिन्डर, मास्क, पन्जा, सेनिटाईजर र नेबुलाएजर हस्तान्त्रण गरेका हुन् ।

काठमाडौमा रहेर पर्यटन व्यवसाय गर्दै आएका ढकालले यो सहयोग कुनै पनि संघ संस्थाबाट खोजेर नभै आफ्नो व्यक्तिगत सहयोग भएको बताएका छन् ।

x