
धादिङ बैशाख ३ । धादिङ जिल्लामा बैशाख ४ देखि १० गते सम्म बाहिरी जिल्लाबाट हरियो तरकारी तथा फलफुल र खाद्यान्न ल्याउन प्रतिवन्ध गरिएको छ ।
कोरोना भाईरसको संक्रमण तथा रोकथामका लागि धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बसेको CMC बैठकले ढुवानी तथा पसल संचालनमा प्रतिबन्ध लगाएको हो ।
वैठकले १० गते सम्म जिल्लामा रहेका पसलहरु, बैंक तथा वित्तिय संस्थाहरु, इन्सुरेन्स कम्पनीहरु र यातयातमा पूर्ण प्रतिबन्ध गर्ने र औषधी पसलहरु भने सामाजिक दुरी कायम गरि सुचारु गर्ने समेत निर्णय गरेको छ ।


