एम्बुलेन्सले नमाने पछि, र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवा मोटरसाईकल चलाएर जिल्ला अस्पताल आए

Avatar photo
Dhadingpost
बैशाख ३, २०७७

धादिङ बैशाख ३ । धादिङको ज्वालामुखी गाउँपालिकामा २ वटा सरकारी र २ वटा प्राईभेट गरी ४ वटा एम्बुलेन्स छन् तर चालकले विभिन्न बहान बनाएर बोक्न नमाने पछि र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका युवा मंगलबार राती मोटरसाईकल चलाएर आफै जिल्ला अस्पताल आएका छन् ।

उनलाई धादिङ अस्पताल मा भर्ना गरिएको छ , स्वाब विस्तृत परीक्षणका लागि आजै हेटौंडा पठाईदैछ ।

सरकारले सरकारी एम्बुलेन्स चालकहरुलाई गुणस्तरीय पीपीई उपलब्ध गराएको छ भने, चालकको २५ लाखको विमा समेत गरि दिएको छ, तर धादिङमा सरकारी एम्बुलेन्स चालकहरु नै ज्वरो आएको विरामी अस्पताल सम्म पुर्याउन मानि रहेका छनैन् ।

निजी एम्बुलेन्स संचालकहरुले चालकको सिट पछाडि आल्मुनियम बार लगाएर बिरामी र चालक सीधै सम्पर्क नहुने बनाउँदै केहि हद सम्म सुरक्षित हुने शैली अपनाएका छन् भने सरकारी एम्बुलेन्समा त्यो पनि देखिँदैन ।

एम्बुलेन्स चालक समाजका अध्यक्ष भेषराज ठकुरी भन्छन्, हामीलाई न राज्यले पीपीई दिएको छ, न विमा, तर पनि हामी सबै किसिमका विरामी बोक्न तयार छौ ।

सरकारी एम्बुलेन्स लुक्ने र निजी एम्बुलेन्सलाई मात्र प्रेसर गर्ने काम भएको मा उनको दुखेसो छ । उनी भन्छन् हरेक स्थानीय तहले आफ्नो पालिकामा दर्ता भएका एम्बुलेन्सहरु तयारी अवस्थामा राख्नु पर्छ ।

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएका ति युवा भन्छन, म कोरियाबाट मार्च ३ मा नेपाल आएको हुँ । अहिले ४२ दिन भयो । कोरोना भाइरस कोभिड १९ सँग मिल्ने कुनै लक्षण देखिएको छैन । मेरो स्वास्थ्यमा केही समस्या नै छैन । एक हप्ताअघि सामान्य खोकी लागेको थियो

x