
धादिङ बैशाख ३ । गैर आवसिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआएनए) का सह कोषाध्यक्ष एवम् बेल्जियम निवासी धादिङका लोक प्रसाद दाहालले नेपालमा कोरोना भाईरस रोकथाम तथा उपचारका लागि १ लाख ५० हजार सहयोग गरेका छन् ।
दाहालले एनआएनए मार्फत कोरोना भाईरस रोकथाम तथा उपचारका लागि १ लाख र नेपालमा भएको लकडाउनका कारण मारमा परेका स्वास्थ्य कर्मीको लागि स्वास्थ्य सामाग्री खरिदका गर्न अन्तराष्ट्रिय धादिङ समाज मार्फत ५० हजार गरी १ लाख ५० हजार सहयोग गरेका हुन् ।
समाजिक अभियान्तका रुपमा चिनिदै आएका लोक दाहाल अन्तराष्ट्रिय धादिङ समाजका सल्लाहकार समेत हुन् । धादिङ, चितवन, काभ्रे लगायतका जिल्लाहरुमा स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग गर्दै आएका उनले धादिङको बुढाथुममा भुकम्पको समयमा १ करोड भन्दा बढी सहयोग गरेका थिए ।

