
धादिङ बैशाख २ । धादिङको ज्वालामुखी गाउँपालिकामा भएको कोरोना भाईरसको द्रुत जाँच प्रविधि र्यापिड टेष्ट गर्दा एक युवाको रिपोर्ट पोजेटिभ भेटिएको छ ।
दक्षिण कोरियाबाट फागुन २० गते घर फर्किए उनी घरमा नै बस्दै आएका थिए । विदेशबाट आएका ३५ जनामा गाउँपालिकाले गरेको आरडिटी परिक्षण उनको रिपोर्ट पोजेटिभ आएको हो ।
ति युवाले धादिङपोष्ट सँग कुरा गर्दै, भने रिपोर्ट पोजेटिभ आयो भन्ने हल्ला व्यापक भएछ, फोन आएको आएईछ । कोरियाबाट फर्किएको नै ४० दिन भन्दा बढी भैसक्यो तर पनि लकडाउनका कारण होम क्वारेन्टाइन मै छु । थप चेक जाँचका लागि आउने तयारीमा रहेको उनले बताए ।
आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएका २७ वर्षिय युवालाई पीसीआर टेस्ट गरेपछि के रिपोर्ट आउँछ, त्यो रिपोर्ट नै आधिकारीक हुने स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए ।

