त्रिपुरासुन्दरीमा र्‍यापिड टेष्ट गरियो, सबै नतिजा नेगेटिभ

Avatar photo
Dhadingpost
बैशाख १, २०७७

धादिङ बैशाख १ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकालले वैदेशिक रोजगारीबाट घर आएका २० जनालाई आरडीटी विधि मार्फत् र्‍यापिड टेष्ट गरेको छ ।

त्रिपुरासुन्दरीका गाउँपालिका प्रमुख शम्भु थापाले द्रुत जाँच प्रविधि र्‍यापिड टेष्ट गरिएका २० जना कै रिपोर्ट नेगेटिभ आएको धादिङपोष्टलाई बताए ।

वागमती प्रदेश सरकारले पठाएको २० वटा आरडिटि किट पाएको त्रिपुरासुन्दीले सबै किट प्रयोग गरि सकेको छ भने ६० वटा किट पाएको नीलकण्ठ नगरपालिकाले ५० वटा प्रयोग गरि सकेको छ । नीलकण्ठने गरेको र्‍यापिड टेष्टमा पनि सबै नेगेटिभ देखिएको स्वास्थ्य संयोज विष्णु रिजालले बताए ।

यस्तै नेत्रावती डब्जोङ गाउँपालिकाले विदेशबाट घर आएका २४ जनामा किट प्रयोग गरेको र सबैमा नेगेटिभ आएको स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले बताए । (तस्वीरः नगरपालिका ५ स्थित देउरालीमा र्‍यापिड टेष्ट गरिदै गरेको हो)

धादिङका स्थानीय तहले कति किट पाए
१. नीलकण्ठ नगरपालिका, किट संख्या ६० थान
२. धुनिबेसी नगरपालिका, किट संख्या २० थान
३. गजुरी गाउँपालिका, किट संख्या ४० थान
४. गल्छी गाउँपालिका, किट संख्या ४० थान
५. ज्वालामुखी गाउँपालिक, किट संख्या ४० थान
६. नेत्रावती गाउँपालिका, किट संख्या ४० थान
७. त्रिपुरासुन्दरी गाउँपालिका, किट संख्या २० थान
८. बेनीघाट रोराङ गाँपालिका, किट संख्या २० थान
९. गंगाजमुना गाउँपालिका, किट संख्या २० थान