धादिङ जिल्ला अस्पतालको सेवा प्रवाहको तथ्याङ्क सार्वजनिक

Avatar photo
Dhadingpost
बैशाख १, २०७७

धादिङ बैशाख १ । जिल्ला अस्पताल धादिङले गत साउन देखि चैत्र सम्म भएका सेवा प्रवाहको तथ्याङ्क सार्वजनिक गरेको छ ।

नियमित रुपमा ओपिडि, इमरजेन्सी लगायत सबै सेवा प्रवाह गर्दै आएको जिल्ला अस्पताल धादिङले श्रावण गतेदेखि चैत्र सम्मको सेवा प्रवाहको तथ्याङ्क आईतबार सार्वजनिक गरेको हो ।

श्रावण १ गतेदेखि चैत्र ३० गतेसम्म २३ हजार ८ सय २० ओपिडि सेवा प्रदान गरेको अस्पतालका सूचना अधिकारी विक्रम बिश्वकर्माले बताएका छन् ।

यस्तै इमरजेन्सी सेवातर्फ ८ हजार ३ सय ८, अस्पतालको विस्तारिक सेवा १ हजार ८ सय ३७, प्रसुती सेवा ६ सय २२ रहेको छ । जसमध्ये सामान्य प्रसुती सेवा लिएका ३० जना रहेका छन् ।
लकडाउनको अवधी चैत्र ११ गतेदेखि ३० गतेसम्म ९ सय ३१ जना ओपीडी, इमरजेन्सी ४ सय ९६, र ४५ जनाले प्रशुती सेवा लिएका छन् । प्रसुति सेवा लिनेमध्ये ८ जनाको अप्रेशन गरिएको छ तथ्याङ्क जनाईएको छ ।

सूचना अधिकारी बिश्वकर्माका अनुसार चैत्र १० गतेदेखि ३० गतेसम्म कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा बिरामी पहिचान गर्ने उद्देश्यले सञ्चालन गरिएको फिभर क्लिनिकमा ३ सय ९ जनाले सेवा लिएका छन् ।