युवराज खतिवडाले चैत्र महिनाको ६० लाख भाडा नलिने

Avatar photo
Dhadingpost
बैशाख १, २०७७

धादिङ बैशाख १ । धादिङ नीलकण्ठ खाल्टे निवासी युवराज खतिवडा पोखराका व्यवसायी हुन् ।

पोखरामा रहेर छुट्टा छुट्टै तीनवटा व्यवसाय संचालन गर्दै आएका खतिवडाले लकडाउनका कारण मारमा परेका साना व्यवसायीहरुबाट सटर भाडा मार्फत आउने चैत्र महिनाको ६० लाख रुपैयाँ भाडा नलिन घोषणा गरेका छन् ।

पोखरा सस्तो बजार, सिद्धार्थचोकको फेवा एग्रीकल्चर प्रा।ली। र वाईयुके कन्स्ट्रक्सन एण्ड सप्लायर्स का प्रमुख रहेका खतिवडाले भाडा मात्र छुट गरेका छैनन् ।

आफ्नो कम्पनी मा काम गर्ने तर लकडाउनका कारण घरमा रहेका मजदुरहरुलाई काम नगरेको समयमा पनि तलव दिने र खाद्यान्न सामाग्री अभाव भयो भने, तत्काल कल गर्न भनेको छु कल आयो भने उनीहरु जहाँ जहाँ छन् निशुल्क खाद्यान्न सामाग्री लैजाने तयारीमा रहेको खतिवडाले धादिङपोष्टलाई बताए ।

पोखरामा व्यवसायी र धादिङमा समाज सेवीका रुपमा चिनिएका खतिवडाले धादिङ जिल्लामा स्वास्थ्य शिक्षा कृषि र पर्यटनका क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् ।

x