
धादिङ चैत्र ३० । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १ का अध्यक्ष गणेश गुरुङले आफ्नो वडामा लकडाउनका कारण कोही मजदुर या विपन्न परिवार भोकै रहन नदिने बताएका छन् ।
सामुहिक मेस संचालन गरेर विवादित बनेको नीलकण्ठ नगरपालिकाले अहिले मजदुर तथा विपन्न परिवारलाई कसरी राहात प्रदान गर्ने भन्नेबारे केहि निर्णय नगरे पनि वडा नं. १ ले बाहिरी जिल्लाबाट आएका एक सय भन्दा बढी मजदुरहरुलाई आवश्यकताको आधारमा खाद्यान्न वितरण गर्दै आएको अध्यक्ष गुरुङले धादिङपोष्टलाई बताएका हुन् ।
नीलकण्ठ नगरपालिकाले वडामा पैसा पठायो भने, उधारो तिरौला आएन भने पनि कुनै उपाय गरौंला, भोको कोही नराख्ने योजना अनुरुप मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउँदै आएको उनले बताए ।
प्रकाश माविको भवन बनाउन मात्र बर्दिया, कैलाली, झापा, सर्लाही लगायतका जिल्लाका ५० जना मजदुरहरु आएका छन्, त्यति नै संख्यामा अन्य निमार्ण कार्यका लागि मजदुरहरु आफ्नो वडा छन् । उनीहरुको ठेकदार लकडाउन सुभए सँगै भागेकोले भरणपोष वडाले गर्दै आएको अध्यक्ष गुरुङले बताए ।

