भुमिहिन चेपाङ दाजु बहिनीलाई आर्थिक सहयोग प्रदान

Avatar photo
Dhadingpost
चैत्र ३०, २०७६

धादिङ चैत्र ३० । धादिङको हाई वे स्पोट्स कल्व जोगिमाराले भुमिहिन चेपाङ दाजु बहिनीलाई ४२ हजार ४९० रुपैया सहयोग गरेको छ ।

आमा पनि नभएको र बुबा प्रमे तामाङ पनि लकडाउन अवधिकै बीचमा मृत्यू भए सँगै हाई वे स्पोट्स कल्वले किरिया खर्च स्वरुप चेपाङ दाजु बहिनीलाई उक्त रकम सहयोग गरेको हो ।

बुबा प्रेम चेपाङ, कक्षा ८ मा पढ्ने एक छोरी र दुई भाई छोरोको यस परिवार दैनिक ज्यालादारी गर्दै जिवन निर्वाह गर्दै आएको थियो । प्रेमको मृत्यू सँगै आर्थिक संकटमा रहेको यस परिवारलाई क्लवले सहयोग संकलन गरि उक्त नगद रकम प्रदान गरिएको क्लवका अध्यक्ष विनोद शाहले बताए ।

x