धादिङका कुन पालिकाले कति किट पाए, कति टेस्ट भयो (विवरण सहित)

Avatar photo
Dhadingpost
चैत्र २९, २०७६

धादिङ चैत्र २९ । बागमती प्रदेश सरकारले र्‍यापिड टेष्टका लागि पठाएको ३ सय थान आरडिटि किट, जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लाको २ नगरपालिका र ७ गाउँपालिकामा पठाएको छ ।

कोरोना भाईरसको द्रुत जाँच प्रविधि र्‍यापिड टेष्टका लागि पठाएको आरडिटि किट उपलब्ध भए सँगै १ नगरपालिका सहित २ गाउँपालिकाले परिक्षण सुरुवात गरेका छन् ।

नीलकण्ठ नगरपालिकाले भारतबाट आएका १० जनालाई र्‍यापिड टेष्टका गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको स्वस्थ्य संयोजक विष्णु रिजालले बताए ।

यस्तै नेत्रावती डब्जोङ गाउँपालिकाले विदेशबाट घर आएका २४ जनामा किट प्रयोग गरेको र सबैमा नेगेटिभ आएको स्वास्थ्य संयोजक कृष्णबहादुर पौडेलले बताए । पौडेलका आनुसार अफगानिस्थानबाट आएका एक जनाको रिपोट नेगेटिभ देखिए पनि भोलि फेरि पुन: परिक्षणका लागि बोलाईएको छ ।

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठका अनुसार धादिङ जिल्लामै पहिलो पटक र्‍यापिड टेष्टका लागि आरडिटि किट १ जनामा प्रयोग गरेको हो । उनको रिपोर्ट नेगेटिभ आएको छ भने, अन्य टेस्ट आईतबारबाट हुने छ ।

धुनीबेसी, गल्छी, गजुरी र ज्वालामुखि गाउँपालिका, बेनीघाट रोराङ , गंगाजमुना गाउँपालिले कोरोना भाईरसको द्रुत जाँच प्रविधि आईतबारबाट सुरु गरिने स्वास्थ्य संयोजकहरुले बताएका छन् ।


विदेशबाट घर फर्किएकाहरुको संख्या बढी रहेको आधारमा ९ वटा गाउँपालिलाई किट पठाईएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

धादिङका स्थानीय तहले कति किट पाए
१. नीलकण्ठ नगरपालिका, किट संख्या ६० थान
२. धुनिबेसी नगरपालिका, किट संख्या २० थान
३. गजुरी गाउँपालिका, किट संख्या ४० थान
४. गल्छी गाउँपालिका, किट संख्या ४० थान
५. ज्वालामुखी गाउँपालिक, किट संख्या ४० थान
६. नेत्रावती गाउँपालिका, किट संख्या ४० थान
७. त्रिपुरासुन्दरी गाउँपालिका, किट संख्या २० थान
८. बेनीघाट रोराङ गाँपालिका, किट संख्या २० थान
९. गंगाजमुना गाउँपालिका, किट संख्या २० थान