त्रिपुरासुन्दरी गाउँपालिकामा ४ सय ४९ परिवारले बुझे खाद्यान्न

Avatar photo
Dhadingpost
चैत्र २८, २०७६

धादिङ चैत्र २८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारका लागि गरिएको लकडाउनको मारमा परेका ४ सय ४९ मजदुर तथा विपन्न परिवारलाई राहात वितरण सम्पन्न गरेको छ ।

सात वटा वडा विभजित त्रिपुरासुन्दरी गाउँपालिकाले मजदुरहरुलाई ५ जनाको समूहमा विभाजन गरी ९५ वटा राहत प्याकेज बनाएर ४ सय ४९ मजदुर तथा विपन्न परिवारलाई पहिलो चरणको राहात वितरण गरिएको हो ।

प्रत्येक राहत प्याकेजमा २५ केजि चामल, दाल, तेल, आलु, नुन चिनी र साबुन रहेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले बताए ।

यसअघि नै वडा नं. १ र २ का ३० घर परिवारलाई आइसिडिसि धादिङले राहत वितरण गरेको थियो भने ७ नं. वडाका २२ घर परिवारलाई स्थानीय व्यवसायी कृष्ण प्रसाद तिमल्सिनाले गाउँपालिकाको समन्वयमा राहत वितरण गरेका थिए ।

x