धादिङबाट २२ कैदीबन्दी रिहा

Avatar photo
Dhadingpost
चैत्र २८, २०७६

धादिङ चैत्र २८ । कोभिड –१९ को सम्भावित जोखिम रोक्न धादिङ जिल्ला कारागारमा रहेका २२ कैदीबन्दी रिहा भएका छन् ।

फौजदारी संहिताको दफा १५५ अनुसार एक वर्ष वा सोभन्दा कम समय कैद सजायँ भुक्तान गर्न बाँकी कैदीलाई सजायँ भुक्तान हुन बाँकी समयको प्रत्येक दिनको तीन सयका दरले राजश्व दाखिला गरेपछि कैदीबन्दी छुट्ने व्यवस्था भए अनुसारकैदीवन्दीहरुलाई रिहा गरिएको हो ।

जिल्ला कारागार शाखाका प्रमुख गंगाराम योगीले अनुसार धादिङका चार महिला तथा १८ पुरुष र यसबाहेक आश्रित दुई बालबालिकालाई पनि आमाबाबुसँंगै छाडिएको छ ।

x