
काठमाडौं चैत्र २७ । कोरोना भाइरस सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने भएको छ ।
बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै असर पर्न नदिने योजना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्र निर्धारित समयमा सुरु हुन नसके पनि सरकारले विद्यार्थीको शैक्षिक सत्रमा कुनै असर नपार्ने जानकारी दिएका हुन् । गोरखापत्र दैनिकमा खवर प्रकाशित छ ।

