
धादिङबेसी चैत्र २७ । धादिङ नीलकण्ठ नगरपालिकाले लकडाउनको मारमा परेका मजदुर र विप्पन्नहरुका लागि नीलकण्ठ स्कुलमा संचालन गरेको सामुहिक मेस प्रहरीले रोकेको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काका अनुसार लकडाउन उल्लङ्घन हुने गरि सामुहिक मेस संचालन गरेको पाईएकाले मेस संचालन नगर्न आग्रह गर्दै मेसमा रहेका भाँडाहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
सर्वत्र विवादित र लकडाउनको मर्म विपरित निलकण्ठ नगरपालिकाले सामुहिक मेस चलाएको आवाजहरु सार्वजनिक भएको थियो ।
नीलकण्ठ नगरपालिकाको उक्त सामुहिक मेस संचालनका लागि धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कमर्स, टोल सुधार महासमिति, जिल्ला होटल संघ र धादिङ सोसियल भोलेन्टियर्सको समेत सहयोग रहेको थियो ।
नगरपालिकाले सबै वाडमा सामुहिक मेस संचालन गर्ने निर्णय भएपनि वडा नं. ३ बाहेकले भने मेस संचालनमा ल्याएका थिएनन् ।
प्रहरीले मेस रोक्दै गरेको, नीलकण्ठ नगरपालिकाले सार्वजनिक गरेको भिडियो जस्ताको तस्तै:

