नीलकण्ठ ३ मा सामुहिक भोजन सुरु, अन्य वडा अन्यौलमा

Avatar photo
Dhadingpost
चैत्र २६, २०७६
मेसमा खटिएका स्वयम् सेवक

धादिङबेसी चैत्र २६ । धादिङबेसी सदरमुका रहेको नीलकण्ठ नगरपालिकाको कार्यपालिकाको निर्णय अनुसार वडा नं. ३ ले मेस संचालन गरी विपन्न तथा असाह्य परिवारलाई सामुहिक दालभात तरकारी खुवाउन सुरु गरेको छ ।

धादिङबेसी स्थित नीलकण्ठ माध्यामिक विद्यालयको प्राङ्गणमा वडा नं. ३ ले मेस संचालन गरी विपन्न तथा असाह्य परिवारलाई सामुहिक दाल, भात, तरकारी बुधबार देखि खुवाउन सुरुगरेको हो, भने अन्य वडाहरु मेस संचालन गर्न अझै अन्यौलमा रहेका छन् ।

भोजन स्थल

नीलकण्ठ माध्यामिक विद्यालयको प्राङ्गणमा सुरुगरिएको समुहिक मेसमा बालमन्दिर स्कुलमा राखिएका बर्दियाका २० जना मजदुर, धादिङबेसी सडकमा रहेका मानसिक सन्तुलन गुमाएका, सदरमुकाम रहेर विभिन्न मजदुरी गर्दै आएकाहरु गरी ६७ जनाले भोजन गरेको वडा अध्यक्ष होमनाथ रिजालले बताए ।

मेसमा आउन भन्दा कति हुन्छ, चामल दाल नै दिएको भए, आफुनो अनुकुल खान हुन्थ्यो, बेलुका देखि थाल कचौरा आफैँ नल्याए खान पाउँदैनौ भनु भएको छ सरहरुले, भोकै मर्न भन्दा उपाए नचलेर आएको हो । यसरी प्रत्यक छाक थाल कचौर बोकेर हिड्ने नियम नबनाएको भए हुन्थ्यो सामुहिक भोजनमा सहभागीहरु बताउँछन् ।

सामुहिक भोजन पछि बालमन्दिर स्कुलमा राखिएका मजदुरहरु

लकडाउनले खाद्यान्न संकटमा रहेका विपन्न तथा असाह्य परिवारलाई सबै तिर खाद्यान्न वितरण भै रहेको बेला नीलकण्ठ नगरपालिकाले भने आईतबार दाल, भात, तरकारी खुवाने निर्णय गरेको थियो ।

लकडाउनको समयमा मेस संचालन गरि सामुहिक भोजन गराउनु समय सान्धर्भिक नभएको आवज सर्वत्र उठ्न थालेको छ भने अन्य वडाहरुमा मेसमा आएर सामुहिक भोजनमा सहभागि हुन विपन्न तथा असाह्य परिवारहरुले इच्छा नदेखाएपछि मेस संचालन अन्यौलमा रहेको हो ।

सबैभन्दा पहिला राहत नबाढीने तर मेस संचालन गरेर विपन्न तथा असाह्य परिवार दालभात तरकारी खुवाईने घोषणा गरेका वडा नं. ११ का अध्यक्ष तिलक थापामगरले धादिङपोष्ट सँग कुरा गर्दै भने, समुहिक भोजन उत्कृष्ट शैली हो तर थाल बोकेर मेसमा खाना आउने मान्छे नै नपाईने भयो, राहात माग सय जनाले गरेका छन् तर मेसमा खान नआउनेरे ।

हामी तयारी अवस्थामै छौं, नगर प्रमुखले आउने आउँछन्, नआउने आउँदैनन् , मेस संचालन गर्नुस् भन्नु भएको छ, अन्य वडाहरुले लगत संकलन गर्दैछन्, अन्य वडाहरु सँग समन्वयमा गरि रहेको छु, मेस संचालन गरेर सामुहिक भोजन गराउन सहज देखिएको छैन, अध्यक्ष थापामगरले बताए ।

यस्तै वडा नं. ५ का अध्यक्ष रामकुमार श्रेष्ठले पनि मेस संचालनका लागि सामाग्री नै नआई पुगेको र सामुहिक मेसमा खान आउने विपन्न तथा असाह्य परिवार समेत सम्पर्कमा आईनसकेको बताउँछन् ।

लकडाउनमा सामुहिक भोजन गर्ने राहत मापदण्डमा छैन, -मन्त्री शालिकराम जमट्टेल

x