धादिङबेसीको क्वारेन्टाईनबाट पुष्प गुच्छा लिएर घर गए १० जना

Avatar photo
Dhadingpost
चैत्र २५, २०७६

धादिङबेसी चैत्र २५ । धादिङबेसी स्थित वन कार्यालयको नयाँ भवनमा बनाईएको क्वारेन्टाईनबाट पुष्प गुच्छा लिएर १० जना घर गएका छन् ।

भारतबाट घर फर्कीएका १० जनालाई चैत ११ गतेबाट धादिङबेसीको क्वारेनटाईनमा राखिएको उनीहरुलाई १५ दिनको दिन नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाले पुष्पगुच्छा सहित १० जनालाई घर पठाएका हुन् ।

क्वारेनटाईनबाट केहि दिन पहिला ३ जनालाई घर पठाएको नीलकण्ठ नगरपालिकाले मंगलबार १४ दिन पारगरेका १० जनालाई घर पठाएको हो । उनीहरुलाई घरमा गएर पुनः १ हप्ता सम्म सेल्फ क्वारेनटाईनमा बस्ने सम्झौता गराएर घर पठाईएको स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

अब नीलकण्ठ नगरपालिकाको मातहतमा रहेको सम्पूण व्यवस्थापन खर्च व्यहोरी रहेको वनकार्यालयमा बनाईएको क्वारेन्टाईनमा अझै ५ जना रहेको समेत संयोजक रिजालले बताएका छन् । तस्वीरः नीलकण्ठ नगरपालिका

x