
काठमाडौं चैत्र २५ । सर्वोच्च अदालतले सरकारको नाममा ९ बुँदे आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले कोरोना भाइरस नियन्त्रणका र राहात वितरणका लागि सरकारका नाममा ९ बुँदे आदेश जारी गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको आइतबार र सोमबारको इजलासले सीमामा रोकिएकालाई नेपाल भित्र्याउन, नेपालमा कोही भोको पर्दैन, कोही भोकै मर्दैन भन्ने नारालाई कार्यान्वयन र विदेशबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा ल्याउन सरकारलाई आदेश गरेको हो ।



