धादिङमा ज्वरो नाप्न, थर्मल गनको अभाव

Avatar photo
Dhadingpost
चैत्र २४, २०७६

धादिङ चैत्र २४ । धादिङ जिल्लामा ज्वारो नाप्न प्रयोग गरिने उपकरण थर्मल गनको अभाव रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

कोरोना भाईरसको संक्रमण रोकथाम र उपचारका लागि पहिलो पंतिमा रहने स्वास्थ्यर्कीहरुलाई अत्यावश्यक वस्तुका रुपमा लिईने थर्मल गन अभाव रहेको धुनीबेसी नगरपालिकाका प्रशासकिय अधिकृत गोविन्द सिग्देलले धादिङपोष्टलाई बताए ।

हामीलाई चाहिने स्वास्थ्य सुरक्षाका अन्य सामाग्रीहरु जुटाएका छौं तर थर्मल गनको अभाव रहेकोले धुनीबेसी गाउँपालिकालाई कम्तिमा पनि १० वटा थर्मल गन आवश्यकता रहेको बताए ।

नीलकण्ठ नगरपालिका सँग जम्म १ वटा थर्मल गन छ । त्यो पनि धादिङबेसी पुछारबजार रहेको हेल्थ डेक्मा प्रयोग गरिएको स्वास्थ्य संयोजक विष्णु रिजालले बताए ।

धादिङ जिल्लाका अधिकाँश स्वास्थ्य संस्थाका स्वास्थ्य कर्मीहरुलाई, संघ संस्थाको सहयोग र सरकारबाट पीपीई, मास्क र सेनिटाईजहरु प्राप्त भएपनि थर्मल गन सबै स्थानिय संस्थाहरुमा अभाव देखिएको हो ।

नेपालमा किन्न पनि नपाईने रहेछ हामीले खोजेको हो पाईएन, ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले बताए । छिटो र संक्रमणबाट जोगिन ज्वोरो नाप्ने उपकरण थर्मल गन अत्यावश्यक हो तर थर्ममिटरले नै काम चलाईरहेको श्रेष्ठ बताउँछन् ।