लकडाउनमा पनि चेपाङहरु चर्चमा प्राथना गर्दै

Avatar photo
Dhadingpost
चैत्र २३, २०७६

धादिङ चैत्र २३ । अति सिमान्तकृतका रुपमा लिईने चेपाङ समुदाय यतिबेला कृश्चियन धर्म प्रति आकर्षत बनेका छन् । उनीहरु हरेक शनिबार मण्डलीमा भेटभई प्राथना गर्ने गर्छन् ।

सरकारले मुलुकभर लकडाउन गरेको छ र घरबाहिरबाट ननिस्कन आव्हान गर्दै एक व्यक्ति र अर्को व्यक्तिको दुरी कम्तिमा पनि डेढ मिटर हुनुपर्ने बताई रहेको छ ।

पोष्ट गरिएको तस्वीर बेनिघाट रोराङ चेपाङ वस्तीको हो । यहाँ बाईबल पढेर सुनाईदैं छ । बेनिघाटका अधिकांश चर्चहरुमा शनिबार नियमित प्राथना गरिएको थियो भने क्रिचियन धर्मावलम्बीहरुको बाक्लो उपस्थिति रहेको मलेखुका स्थानियहरु बताउँछन् ।

लकडाउन उल्लङ्घनको पाटो एउटा हो भने यसीरी मान्छे जम्मभएर पुजापाठ, प्राथना गर्न हुँदैनथ्यो, स्थानिय प्रशासनले कडाई नरेकोले यस्तो दृष्य देखिएको स्थानिय तिलक चेपाङ बताउँछन् ।

नेपाल संघीय गणतन्त्रमा प्रवेश गरि सकेपछि स्थापित धर्म निरपेक्षताको अधिकार प्रयोग गर्दै यतिबेले कृश्चियन धर्मावलम्बीहरुले खुल्ला रुपमा आफ्नो गतिविधि गर्न पाएका छन् ।

अहिले मकवानपुर र धादिङमा गरि ८३ प्रतिशद चेपाङहरु बाईबल सुन्ने र सुनाउने गर्छन् कुन धर्म मान्ने उनीहरुको कुरा भयो तर चेपाङको आफ्नै धर्म संस्कृति छ, यसको जगेर्ना गर्न चेपाङ संघ चुक्दै गएको तिलक चेपाङ बताउँ छन् ।

x