
धादिङ चैत्र २३ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले विपन्न तथा असाह्य मजदुर परिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरेको छ ।
कोरोना भाईरसको संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण बिहान बेलुका खान समेत धौ-धौ परेका बेनिघाट रोराङ ३ का विपन्न तथा असाह्य २२५ परिवारलाई आईतबार खाद्यान्न सामाग्री प्रदान गरेको हो ।
वडा अध्यक्ष भुवन त्रिपाठीका अनुसार मजदुर, अति गरिव र निम्न परिवारलाई छनौट गरि मलेखु र सलाङघाटमा राहत वितरण गरिएको थियो ।
वितरण गरिएको खाद्यान्न रामाग्रीमा २ जना भन्दा बढीको परिवारलाई ३० किलो चामल २ जना सम्मको परिवारलाई १५ किलो चामलको साथमा दाल, नुन, तेल, चीनी र साबुन प्रदान गरिएको थियो ।

संघीय सरकारले जारी गरेको राहत वितरण मापदण्ड अनुसार पहिलो चरणमा वडा नं. ३ मा राहत वितरण कार्य सकिएको वडा अध्यक्ष त्रिपाठीले बताए । अध्यक्ष त्रिपाठीका अनुसार यस राहत वितरणका लागि स्थानीय व्यवसायीहरु श्रवण त्रिपाठीले ५० बोरा चामल, १०० लिटर तेल, २५० केजी नुन, रामेश्वर सिल्वालले ४०० केजी दाल, २०० केजी चिनी सहयोग गरेका थिए ।


यस्तै राहत वितरणका लागि कृष्ण सिल्वालले १० बोरा चामल, मलेखु बजार व्यवस्थापन समितिले ४० बोरा चामल, विदुर कडेलले ४०० बटा हात धुने साबुन, मायानाथ त्रिपाठीले ५०० वटा हात हुने साबुन, तोयानाथ कडेलले ५ बोरा चामल, संजिन त्रिपाठीले २५० केजी नुन र सन्तोष पाण्डेले ५० लिटर खाने तेल प्रदान गरेका थिए । फोटोः श्रवण त्रिपाठी


