कोरोना कोषमा एकै दिन ८४ करोड जम्मा, अहिले सम्म एक अर्व ९ करोड

Avatar photo
Dhadingpost
चैत्र २१, २०७६

काठमाडौं चैत्र २१ । सरकारले स्थापना गरेको कोरोना भाईरस सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा एकै दिन ८४ करोड रकम जम्मा भएको छ ।

कोषमा बिहिबार मात्रै ८४ करोड करोड ५१ लाख ५० हजार १ सय २४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताएका हुन् ।

पौडेलका अनुसार बिहिबार नै कर्मचारी संचयकोष, नेपाल धितोपत्र बोर्ड र निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन–तीन करोड रुपैयाँ जम्मा गरेका छन् ।

त्यस्तै नेपाल स्टक एक्चेन्जले ३ करोड ५१ लाख जम्मा गरेको छ भने नागरिक लगानीकोषको तर्फबाट २ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा नेपाल पुनर्वीमा कम्पनीले एक करोड १ लाख ११ हजार दिएको छ । एनएमबी बैंकले १ करोड, ५१ लाख, प्रभु बैंकले १ करोड एक लाख, नेपाल ईन्भेष्टमेन्ट बैंकले १ करोड रुपैयाँ जम्मा गरेको छ ।


प्रधानमन्त्री कार्यालयका अनुसार बिहीबार साँझ सम्ममा कोषमा एक अर्ब ९ करोड २५ लाख २२ हजार ५ सय ८६ रुपैया जम्मा भएको छ ।