त्रिपुरासुन्दरीमा राहत दिने प्रक्रिया सुरु (बैठकको निर्णय समेत)

Avatar photo
Dhadingpost
चैत्र २१, २०७६

धादिङ चैत्र २१ । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको कार्यापालिकाको २० औं बैठकले राहत वितरण देखि राहत संकलन सम्माका विभिन्न पाँच वटा निर्णय गरेको छ ।

शुक्रबार सम्पन्न त्रिपुरासुन्दरीको बैठकका अनुसार अब यस गाउँपालिकामा कुनै पनि व्यक्ति वा संस्थाले आफुखुसी राहत वितरण गर्न पाउने छैनन् भने राहत दिनु पर्ने व्यक्तिहरुको लागत चैत्र २३ गते सम्म संकलन गरिने भएको छ ।

बैठकले गाउँपालिका प्रमुख शम्भु कुमार थाको संयोजकत्वमा बजार अनुगमन समिति, स्वास्थ्य परिक्षण तथा स्वास्थ्य अनुगमन समिति लगायतका निर्णयहरु गरेको छ ।

धादिङको त्रिपुरासुन्दरीमा मात्र विदेशबाट आउनेको संख्या ४८ जना (नाम समेत)

बैठकले गरका निर्णय जस्ताको तस्तै