
धादिङ चैत्र २० । धादिङको नेत्रावती गाउँपालिकाको बैठकले गाउँपालिका क्षेत्रमा रहेका खद्यन्न र किराना पसलहरु बिहान ४ बजेदेखि ७ बजे सम्म र दिउँसो ३ बजे देखि ५ बजे सम्म खुल्ला गर्न पाउने निर्णय गरेको छ ।
कोरोना भाईरस संक्रमणको रोकथामका लागि सरकारले गरेको लकडाउनले सर्वधाधरणलाई दैनिक जिवन यापनको लागि आवश्यक पर्ने खाद्य वस्तुहरु खरिद विक्रिका लागि नेत्रावती डब्जोङ गाउँपालिकाको बुधबार सम्पन्न बैठकले समय निर्धारण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष दुर्गाकुमार शाक्यकोअध्यक्षतामा सम्पन्न बैठकले मजदुरहरुलाई न्युनतम राहत उपलब्ध गराउने, गाउँपालिकाले खाद्यान्न किनेर स्टोर गर्ने र यसमा जम्मा ५ सय बोरा चामल, ५० बोरा दाल, ५ सय केजी नुन, सय लिटर तेल तथा सय लिटर पेट्रोल सञ्चित गरी राख्ने समेत निर्णय समेत गरेको गाउँपालिकाका सूचना अधिकारी कृष्ण पौडेलले बताए ।
यस्ता छन् गाउँपालिकाको पछिल्लो बैठकको ११ निर्णय
- नेपाल सरकार गृह मन्त्रालयको मिती २०७६र१२र१६ गतेको प्रेस बिज्ञप्ती बमोजिम आपुर्ती व्यवस्थापन सहज बनाउन गाउँपालिका अन्तरगत रहेका खाद्यान्न,किराना पसलहरूलाई मात्र दैनिक रुपमा बिहान ४ बजेदेखी बिहान ७ सम्म र दिउँसो ३ देखी ५ सम्म खोल्न खाद्यान्न किराना पसलहरूलाई अनुरोध गर्ने । यस गाउँपालिका भित्रका जनस्वास्थ्य संग सम्बन्धीत पसल ९फार्मेसी, मेडीकल आदी० हरूलाई २४ घण्टै आफ्नो व्यवसाय सञ्चालन गर्न दिने , यस बाहेकका अन्य व्याबसायहरूलाई सञ्चालन गरेको पाईएमा कानुन बमोजियम कारबाही गर्ने,साथसाथै कोरोना संक्रमणको फाईदा उठाउँदै कालोबजारी, बार्गेनिङ, सिन्डीकेट गरेको पाईएमा उक्त व्यवसायीलाई कानुन बमोजियम सक्त कारबाही गर्ने ।
- आपुर्ती व्यवस्थापन सहज गर्न प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय प्रहरीको समेत प्रतिनिधित्व हुनेगरी वडास्तरीय आपुर्ती व्यवस्थापन समिति लाई कृयाशिल गर्ने।
- रोजगारीको अभावमा हालको स्थितीमा दैनिक गुजारा चलाउन नसक्ने व्यक्तीहरू तथा परीवारको व्यक्तीगत वडागत लगत संकलनबाट वडास्तरीय आपुर्ती व्यवस्थापन समितीको निर्णय तथा वडाको सिफारीसबाट प्राप्त व्यक्तीहरूको नाम अनुमोदन गर्ने ।
- गृह मन्त्रालयको प्रेस बिज्ञप्ती बमोजिम वडास्तरीय व्यवस्थापन समितिको अति बिपन्न व्यक्ती तथा परीवारलाई २ थान ९४ वा सोभन्दा बढी परीवार सदस्य भएको परीवार० वा बर्गीकरण गरी न्युनत्तम दैनिक उपभोग्य बस्तुहरू गाउँपालिकाले खरीद गरी प्रत्येक वडामा संकलन स्थल तोकी बिल, भरपाई, फोटो, जनप्रतिनिधी र कर्मचारीको रोहबरमा राखी वडास्तरीय आपुर्ती समितीको नियमानुसार बितरण गर्ने ।
- गाउँपालिकाबासी तथा सरोकारवालाहरूलाई गाउँपालिकाबाट दैनिक सम्प्रेसण हुने आधिकारीक सूचना, तथ्याङ्क, तथा विबरणमा अध्याबधिक हुन अनुरोध गर्ने साथै अनावश्यक हो–हल्ला, अनाधिक्रित सूचना सामाग्रीको प्रचार–प्रसार, सामाजिक संजालको दुरूपयोगबाट कोराना संक्रमणको बिषयमा आएको सूचना समाचारको भर नपर्न अनुरोध गर्ने ।
- कोरोना संक्रमणको समयमा तत्काल व्यवस्थापन गर्न अचानक लकडाउनको स्थितीमा खरिद गरेको पिपिई सेट,औषधी तथा औषधी जन्य सामग्री जस्तै सेनिटाईजर,स्प्रिट स्प्रे तथा सर्जिकल सामग्रीको भुत्तानी नियमानुसार गर्ने ।
- कोरोना संक्रमणबाट पिडित बिरामीको भाडा,रासन खर्च गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट व्यहोर्ने साथै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गाउँपालिकाको विपद व्यवस्थापन कोषको राष्ट्रिय बाणिज्य बैंक धादिङमा रहेको खाता नंं १०२०३०५०४९४०९ मा सहयोग गर्न ईच्छुक व्यत्ति,सङघसंस्था,पेशा व्यवसायी,उधोगी समाजसेवी,राजनैतिकदल र सरोकारवालाई अनुरोध गर्ने ।
- गाउँपालिकाको वडा नं ४ को कन्यादेवी आधारभुत बिधालय,वडा नं ५ को नारायणी देवी आधारभुत बिधालयको क्वारेन्टाईनमा रहेकमा व्यत्तिहरुको लासग खरिद गरिएको सिरक,डसना, लत्तकपडा,खाद्यान्न,भाडाँवर्तन लगाएतका क्वारेन्टाईन स्थलमा ल्याईएको सामग्रीको खर्च नियमानुसार भुत्तानी गरीने ।
- गाउँपालिकाको बिपद कोष तथा राहत बितरणमा सहयोग गर्न ईच्छुक सरोकारवालाहरूबाट न्युनत्तम रुपमा नगद रू पाँच हजार रुपैयाँ तथा खाद्यान्न सामाग्री तथा अन्य राहत सामाग्री सहयोग गर्न चाहेमा न्युनत्तम ५,००० बराबरकै बिल भरपाई भएको राहत सामाग्री गाउँपालिकाले स्वीकार गर्ने र सहयोगी सरोकारवाला पक्षलाई सम्मान गर्ने ।
- गाउँपालिकाको वडा नं ३ मा काम गरीरहेको जम्मा सातजना मजदुर काम नपाएर अलपत्र भएको वडा कार्यालयको निवेदन बमोजिम खाद्यान्न तथा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउन वडा स्तरीय खाद्यान्न आपुर्ती समिती मार्फत आपुर्ती गराउने ।
- वडा स्तरीत खाद्यान्न आपुर्ती समितीले राहत बितरन गर्ने ।
