सिद्धलेकमा विदेशबाट घर आउनेको संख्या ४७ जना

Avatar photo
Dhadingpost
चैत्र १९, २०७६

धादिङ चैत्र १९ । धादिङको सिद्धलेक गाउँपालिकाले भारत लगायत विभिन्न मुलुकबाट २०७६ फागुन देखि चैत्र १५ सम्म घर फर्किएका ४७ जनाको नामावली सार्वजनिक गरेको छ ।

कोरोना भाईरसको संक्रमण राकथामका लागि विदेशबाट घर फिर्किएका व्यक्तिहरुलाई निगरानीमा राख्न संघीय सरकारको आव्हान पछि स्थानीय तहहरुले विदेशबाट घर फर्किएकाहरुको खोजी गरे सँगै सिद्धलेकले ४७ जनाको नामावली सार्वजनिक गरेको हो ।

सिद्धलेक गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार भारतबाट २८ जना, संयुत्त अरव ईमिरेट्स बाट ४ जना, मलेशियाबाट ३ जना र अन्यबाट १७ गरी ४७ जना घर फर्किएका हुन् ।

अहिले सम्म थाँक्रे गाउँपालिकामा १४ जना, नेत्रावती डब्जोङ गाउँपालिकामा विदेशबाट आउने ७४ जना, गंगाजमुना गाउँपालिकामा विदेशबाट आउने २८ जना, त्रिपुरासुन्दरीमा विदेशबाट आउनेको संख्या ४८ जना, बेनिघाट रोराङमा विदेशबाट आउनेको संख्या ३२ जना, धुनिबेसी नगरपालिकामा विदेशबाट आउनेको संख्या १८ जना रहेको सुची सार्वजनिक भएको छ ।