
काठमाडौं चैत्र १८ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसका कारण सिर्जित समस्या, नियन्त्रण र उपचारका सम्बन्धमा आज साँझ ५ बजे विशेष सम्बोधन गर्ने भएका छन् ।
नेपाल टेलिभिजन लगायत १० वटा टेलिभिजन च्यानल मार्फत एकै साथ सम्बोधन हुने स्वकीय सचिव अनुप पौडेलले जानकारी दिएका हुन् ।
बागमती प्रदेश सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५० करोड पुर्याइएने बताएको छ ।
आजको सम्बोधनमा कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको अवस्था र लकडाउन सँगै राहात प्याकेजका विषयमा विशेष सम्बोधन गर्ने स्रोतले बतायो ।
