
धादिङ चैत्र १७ । धादिङको गंगाजमुना गाउँपालिकाले पनि भारत लगायत विभिन्न मुलुकबाट चैत्र महिनामा घर आएका व्यक्तिहरुको संख्या सार्वजनिक गरेको छ ।
नेपालमा पाँचै जना विदेशबाट आएकाहरुलाई कोरोना भाईरस संक्रमण देखिएपछि स्थानिय सरकारहरुले भारत लगायतका मुलुकबाट आएकाहरुको तथ्याङ्क लिन सुरुगरे सँगै गंगाजमुना गाउँपालिकाले आफ्नो पालिकामा आएकाहरुको संख्या सार्वजनिक गरेका हो ।
जसमा भारतबाट आएको ८ जना, कतारबाट १ जना, यूएईबाट ८ जना, जपानबाट ४ जना, मलेशियाबाट ५ जना, ओमनबाट १ जना र साउदीबाट १ जना गरि २८ जना रहेको गंगाजमुना गाउँपालिकाले जनाएको छ ।
- त्रिपुरासुन्दरीमा विदेशबाट आउनेको संख्या ४८ जना
- बेनिघाट रोराङमा विदेशबाट आउनेको संख्या ३२ जना
- धुनिबेसी नगरपालिकामा विदेशबाट आउनेको संख्या १८ जना
सरकारले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही थाल्ने घोषणा गरेको छ । आइतबार कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको यस्तो निर्णय गरेको हो ।


