नेत्रावती डब्जोङमा विदेशबाट आउने ७४ जना (विवरण समेत)

Avatar photo
Dhadingpost
चैत्र १७, २०७६

धादिङ चैत्र १७ । धादिङको नेत्रावती डब्जोङ गाउँपालिकाले चैत्र महिनामा विभिन्न मुलुकबाट घर फर्किएकाहरुको नामावली सार्वजनिक गरेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार चैत्र महिनामा नेत्रावती डब्जोङ आउनेमा सबै भन्दा धेरै भारतबाट ६५ जना, मलेशियाबाट २ जना, संयुक्त अरब इमिरेट्सबाट ५ जना, कुबेतबाट १ जना र अन्य मुलुकबाट १ गरी ७४ जना रहेका छन् ।

यस मध्य नेत्रावती डब्जोङ गाउँपालिका ४ मा मात्र भारतबाट ५६ जना व्यक्तिहरु घर फर्केका थिए भने वडा नं. ३ मा ५ जना संयुक्त अरब इमिरेट्सबाट आएका थिए ।

नेत्रावती डब्जोङ गाउँपालिकाले विदेशबाट आएका सबैजनालाई कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले तयार गरेको क्वारेन्टाइनमा बसिदिन सूचित गराएको छ ।