
धादिङ चैत्र १६ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मात्र भरत लगायतका मुलुकबाट आउनेको संख्या ४८ जना रहेको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाले आईतबार सूचना प्रकाशित गर्दै भारत लगायत विभिन्न देशबाट आउनेको संख्या ४८ रहेको बताएको हो ।
गाउँपालिकाले कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारले तयार गरेको क्वारेन्टाइनमा बसिदिन पनि विदेशबाट आएका सबैजनालाई सूचित गराएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा सबै भन्दा बढी भारतबाट ३७ जना, कतारबाट ९ जना, मलेशियाबाट १ जना र ओमनबाट १ जना आएको गाउँपालिकाले जनाएको छ ।
बेनिघाट रोराङद्वारा विदेशबाट घर आएकाहरु नाम सार्वजनिक
धुनिबेसीले सार्वजनिक गर्यो विदेशबाट आउनेको नामावली
सरकारले विदेशबाट आएकाहरु क्वारेन्टाइनमा नबसेको पाइएमा पक्राउ गरी कारवाही थाल्ने भएको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको आइतवार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
यी हुन् त्रिपुरा सुन्दरीमा विदेशबाट आउनेहरु



