कोरोना भाईरस विरुद्ध, धादिङमा यस्तो छ तयारी

Avatar photo
Dhadingpost
चैत्र १५, २०७६

धादिङ चैत्र १५ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा उपचारको लागि धादिङ जिल्लामा ६३३ बेडको क्वारेन्टाइन र ३२ बेडको आइसोलेशन तयार भएको जिल्ला प्रसाशन कार्यालय धादिङले जनाएको छ ।

अधिकाँश गाउँपालिकाले स्वास्थ्य कर्मीहरुको लागि अत्यावश्व पीपीई समेत वितरण गरि सकेको छ भने अन्य स्वास्थ्यगत उपकरण पनि जिल्लामा आउने क्रम बढ्दो छ ।

क्वारेन्टाई र आइसोलेशन तयार भईसके पश्चात अहिले सबै स्थानिय सरकारहरुलाई बैदेशिक रोजगारीबाट फर्किएकाहरुको तथ्याङ्क संकलन गरिएको छ भने बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई क्वारेन्टाईमा वसिदिन पनि जिल्ला प्रशासन धादिङले अपिल गरेको छ ।

अहिले सम्म धादिङका विभिन्न स्थानमा बनाईएका क्वारेन्टाईमा बस्नेको संख्या ४६ जना पुगिसकेको छ, भने बजार क्षेत्रमा डिसइन्फेक्सन स्प्रे कीटनाशक औषधि छर्कने कार्य समेत सुरु भैसकेको छ ।

धादिङमा क्वारेन्टाइन र आइसोलेसन

१. नीलकण्ठ नगरपालिकामा ७० बेडको क्वारेन्टाइन र ५ आइसोलेसन वार्ड
२. थाक्रे गाउँपालिकामा १९ बेडको आइसोलेशन र २१० बेड क्षेमताको क्वारेन्टाइन
३. बेनिघाट रोराङ गाउँपालिकामा ३ बेड आइसोलेशन र ३२ बेड क्षेमताको क्वारेन्टाइन
४. त्रिपुरासुन्दरी गाउँपालिकामा २० बेड क्षमताको क्वारेन्टाइन र ५ बेड क्षमताको आइसोलेशन
५. गजुरी गाउँपालिकामा २७ बेड क्षमताको क्वारेन्टाइन
६. सिद्धलेक गाउँपालिकामा १० बेड क्षमताको क्वारेन्टाइन
७. ज्वालामूखीमा १८ बेड क्षमताको क्वारेन्टाइन
८. रुवीभ्यालीमा २४ बेड क्षमताको क्वारेन्टाइन
९. खनियाबास गाउँपालिकामा ६० बेड क्षमताका क्वारेन्टाइन
१०. गल्छी गाउँपालिकामा ५० बेड क्षमताको क्वारेन्टाइन
११. नेत्रावती डब्जोङ गाउँपालिकामा १० बेड क्षमताको क्वारेन्टाइन
१२. गङ्गाजमुना गाउँपालिकामा ५० बेड क्षमताको क्वारेन्टाइन
१३. धुनिबेसी नगरपालिकामा ५२ बेड क्षमताको क्वारेन्टाइन

x