धुनिबेसीले सार्वजनिक गर्यो विदेशबाट आउनेको नामावली

Avatar photo
Dhadingpost
चैत्र १५, २०७६

धादिङ चैत्र १५ । धादिङको धुनिबेसी नगरपालिकाले आफ्नो नगरपालिकामा विदेशबाट आएका व्यक्तिहरुको नामावली सार्वजनिक गरेको छ ।

धुनिबेसी नगरपालीकाले विभिन्न देशबाट घर आएका १८ जनाको नामावली शनिबार सार्वजनिक गरेको हो ।

सार्वजनिक नामावलीमा मलेशियाबाट २ जना, भारतबाट आएको ६ जना, दुबईबाट आएको ३ जना, जापानबाट आएको ३ जना, बंगालादेशबाट आएका ३ र कतारबाट १ जना गरि १८ जना रहेका छन् ।

विदेशबाट आएका यी नागरीहरु कहाँ के गरि रहेका छन्, क्वारेन्टाईनमा बसेका छन् वा छैनन् भन्नेबारे चाहि नगरपालिकाले केहि उल्लेख गरेको छैन् ।

धुनिबेसीले सार्वजनिक गरेको नामावली जस्ताको तस्तैः