प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

Avatar photo
Dhadingpost
चैत्र १४, २०७६

काठमाडौं चैत्र १४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राति महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा असहज महसुस भएपछि बिहीबार राति ११ बजे सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको बताईएको छ ।

प्रधानमन्त्रीलाई अस्पतालमा भर्ना गरिएको बारेमा उनको सचिवालय र त्रिवि शिक्षण अस्पताल प्रशासनले अहिलेसम्म केही बोलेका छैनन् ।

ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी फागुन १९ मा भर्ना भएर फागुन ३० गते अस्पतालबाट बालुवाटार फर्किएका थिए ।

x