धादिङ प्रहरीः लकडाउन अवज्ञा गरे कार्वाही गछौं

Avatar photo
Dhadingpost
चैत्र १४, २०७६

धादिङ चैत्र १४ । नेपाल सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन गरेको चौथो दिन सुरुभएको छ ।

धादिङको बजार क्षेत्रका लकडाउनको प्रभाव देखिए पनि गाउँगाउँमा अवज्ञा गरेको घटना सार्वजनिक भए सँगै प्रहरीले अवज्ञा गरे कार्वाही गरिने जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार बिहिबार लकडाउन अवज्ञा गर्ने १६ जनालाई कारवाही गरिएको थियो । कार्वाही पर्नेमा १५ जना मोटरसाईकल र धादिङवेसीमा १ ट्रक चालक रहेको सूचना अधिकारी खड्काले बताए ।

बिहिबार बेनिघाट, सिद्धलेक, झार्लाङ लगायतका क्षेत्रहरुमा लकडाउन अवज्ञा भएको भन्दै स्थानीयहरुले नै बाटो बन्द र जनचेतनाका कार्यक्रमहरु गरेका थिए ।

लकडाउन अवधिमा घर बाहिर ननिस्कन सरकारले आव्हान गरि रहेको छ भने ।

x