
धादिङ चैत्र १३ । धादिङको नीलकण्ठ नगरपालिका भित्रका स्वस्थ्य संस्थालाई १/१ वटा स्वास्थ्य सुरक्षा सामाग्री (पीपीई) प्रदान गरिएको छ ।
नीलकण्ठ नगरपालिकाले नगरको १४ वटै वडामा रहेका स्वस्थ्य संस्थाहरुलाई बिहिबार वर्गिकरणका आधारमा २ नम्बरमा पर्ने स्वस्थ्य सुरक्षा सामाग्री (प्रशनल प्रोटेक्टिभ इकुमेन्ट) १/१ वटा प्रदान गरेको हो ।
नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजाललाई हामीले स्वास्थ्यकर्मीलाई नभई नहुने पीपीई स्वास्थ्य संस्थालाई १/१ वटा बड्नु भएछ, यो अप्रयाप्त भएन भनेर सोधेका थियौं, उनले भने नेगेटिभ कुरा किन सोध्नु हुन्छ १/१ वटा भने पनि पाए नहुनु भन्दा १/१ वटा पाउनु पनि राम्रो हैन र ? उनले नै प्रश्न गरे ।
यस्तै नगर प्रमुख भिम ढुङ्गानाले यो परिस्थितिमा हरेक नागरिकले आफ्नो सुरक्षाको आफैले ख्याल गर्नु पर्ने बताएका छन् । उनले धादिङपोष्टलाई भने कोरोनाको महामारी बढ्न सक्छ, बाहिरबाट आउँने नयाँ मानिसलाई निगरानी गरौं र स्वास्थ्य संस्थामा सम्पर्क गर्न लगाऔं, साबुन पानीले बारम्बार हात धुन अल्छी नमानौं ।राज्यका तीन तहकै सरकारले यसको रोकथामको लागि विशेष योजना बनाएर लागि रहेको छ । तस्वीरः रामकुमार थापा

