
धादिङ चैत्र १३ । देशभर जारि रहेको लकडाउन उल्लङ्घन हुनथाले पछि स्थानियहरुले नै बन्द गर्न क्रियाशिल देखिएका छन् ।
धादिङ र गोरखा जोड्ने धादिङको बेनिघाट रोराङ ९ र गोरखाको गण्डकी गाउँपालिका ७ को बीचमा रहेको झोलुङ्गे पुलमा स्थानियबासीहरुले टायर, काडेतार, जस्ता, बाल्टी, काठ जस्ता सामग्री राखेर पुल नै बन्द गरि दिएका छन् ।
यस्तै खनियाबासमा समेत लकडाउनको मर्मलाई नबुझी स्थानीहरु घर बाहिर हिडडुल गर्न थाले पछि तातोपानी युवा क्लब झार्लाङ, धादिङ, नेपाल रेड्क्रस सोसाइटी झार्लाङ,उपशाखा, झार्लाङ स्वाथ्य चौकी, २ नम्बर वडा कार्यलयको संयुक्त आयोजनामा कोरोना भाईरस न्यूनिकरणका लागि घरबाहिर ननिस्कन आव्हानका जनचेतनामुलक कार्यक्रमहरु भएका छन् । तस्वीरः विश्वदिप डल्लाकोटी
